- खादी महोत्सव अन्तर्गत जवाहर चौकस्थित खादी इण्डियाको शोरूममा पुगे, कटाई मशिन चलाएर खादीलाई उपयोग गर्ने सन्देश दिए
भोपाल, 02 अक्टोबर (हि.स.)। मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल बिहीवार गान्धी जयन्तीको अवसरमा खादी महोत्सवमा सामेल भए। उनले जावहर चौकस्थित खादी ग्रामोद्योग भवनमा खादी उत्पादहरू खरिद गरे। खादी महोत्सव अन्तर्गत खादी इण्डिया भोपालमा प्रदर्शित खादी ग्रामोद्योगका विभिन्न उत्पादहरूको अवलोकन पनि उनले गरे।
राज्यपाल पटेलले खादी निर्माणको प्रक्रिया बारे विस्तारपूर्वक जानकारी लिए। कटाई मशिन चलाएर खादीलाई प्रयोग गर्ने सन्देश दिए। उनले आत्मनिर्भर भारत तथा स्वदेशी अभियानको सफलताको लागि खादीको महत्व अनि उपयोगिताको सम्बन्धमा भिजिटर्स बुकमा आफ्नो विचार लेखे।
राज्यपाल पटेललाई शोरूममा पुग्दा खादी ग्रामोद्योग विभागका अधिकारीहरूले आत्मीय स्वागत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा