दार्जिलिङ, 02 अक्टोबर (हि.स.)। दार्जिलिङ माटोको माया सेवा संस्थानको सक्रिय पहल र सहयोगमा ओमनमा फसेका तीनजना युवाहरुलाई सफलतापूर्वक उद्धार गरी बागडोग्रा विमानस्थलमा ल्याइएको छ। यस संस्थानले विगतदेखि नै दार्जिलिङ क्षेत्रका पीडित, असहाय र परदेशमा समस्यामा परेकाहरूको हितका लागि निरन्तर प्रयास गर्दै आएको छ।
यही क्रममा ओमनमा रोजगारका सिलसिलामा गएका ती तीनजना युवकहरु समस्यामा परेपछि संस्थाले उद्धार प्रक्रिया अघि बढाई सुरक्षित रूपमा स्वदेश फर्काउने कार्य सम्पन्न गरेको जानकारी प्राप्त भएको छ। बागडोग्रामा उनीहरूलाई संस्थाका प्रतिनिधिहरूले स्वागत गरेका थिए।
यस कार्यलाई मानवीय सहयोग र समाजसेवाको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक