जम्मू,, 2 अक्टोबर (हि.स.)। नशा विरोधी अभियान अन्तर्गत बड़गाम पुलिसले चडुरामा एकजना नशा तस्करलाई पक्राउ गऱ्यो अनि उसको कब्जाबाट हेरोइन जस्तो मादक पदार्थ जफत गऱ्यो। साथै अपराधमा प्रयोग गरिेको वाहनलाई पनि जफत गरियो।
चडूरा पुलिस स्टेशनको एक टीमले पीएसआई गोवर्धन सिंहको नेतृत्वमा डरबुग क्रसिंगमा चेकपोस्ट स्थापना गरी संदिग्ध महिन्द्रा थारलाई रोक्ने प्रयास गऱ्यो। पुलिसलाई देखेर चालकले भाग्ने प्रयास गऱ्यो, तर सफल भएन। जाँचमा आरोपीको कब्जाबाट नशा जफत गरियो।आरोपीको पहिचान मोहम्मद अशरफ नाथ सध्व मोहम्मद इस्माइल नाथ, निवासी पारन्यू, वजिर बाग, बुदगामको रूपमा भएको छ। आरोपीविरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।
बुदगाम पुलिसले जनतासित अपील गरेको छ, नशा विरोधी अभियानमा सहयोग गर्नुहोस्। नशा तस्करहरूविरूद्ध कड़ा कारबाही जारी रहने पनि पुलिसले जानकारी गरायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा