जम्मू, 2 अक्टूबर (हि.स.)। कुपवाड़ाक वारसन गुजरा क्षेत्रमा फेरि एक पटक चोरहरूले पाइप चोरी गर्ने प्रयास गरे, तर चोरहरू असफल भए। जानकारी अनुसार यसपूर्प वनि यस क्षेत्रबाट चोरहरूले पिउने पानीको पाइपलाई उखालेर लगेका थिए जसले गर्दा स्थानीय मानिसहरूले कैयौं दिनसम्म पानीको समस्याको सामना गर्नु परेको थियो। त्यसबेला यस मुद्दालाई प्रमुखताको साथमा उठाएपछि विभाग सक्रिय भएको थियो।
अब फेरि यस्तो घटना दोहोरिएपछि स्थानीय मानिसहरू चिन्तित भएका छन्। ग्रामीणहरूले विभागसित पाइपलाइनको मरम्मत चाँड़ै गर्ने माग गरेका छन्। साथै उनीहरूले पुलिस प्रशासनसित पनि क्षेत्रमा रात्रि गस्ती बढ़ाउने अपील गरेका छन् ताकि यस्तो घटना नदोहोरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा