दिल्ली विधानसभामा गान्धीजी तथा शास्त्रीजीलाई श्रद्धाञ्जली दिइयो
दिल्ली विधानसभामा गान्धीजी तथा शास्त्रीजीलाई श्रद्धाञ्जली दिइयो


नयाँ दिल्ली, 2 अक्टोबर (हि.स.)।

दिल्ली विधानसभाले बिहीवार राष्ट्रपिता महात्मा गान्धी तथा पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीलाई उनीहरूको जयन्तीमा श्रद्धाञ्जली अर्पण गऱ्यो। महात्मा गान्धीको 156औं जयन्ती र लाल बहादुर शास्त्रीको 121औं जयन्तीमा आयोजित पुष्पाञ्जली समारोहमा विधानसभा उपाध्यक्ष मोहन सिंह बिस्ट उपस्थित थिए जसले उनीहरूको अदम्य साहस, बलिदान औ राष्ट्रप्रति

योगदानलाई स्मरण गरे। समारोहमा विधानसभा सचिवालयका वरिष्ठ अधिकारी तथा ठूलो संख्यामा विद्यार्थीहरू सामेल भए।

यस अवसरमा विधानसभा

उपाध्यक्ष बिष्टले भने, “महात्मा गान्धी र लाल बहादुर

शास्त्री स्वतन्त्रता संग्राम र स्वतन्त्र

भारतको निर्माणका दुई मार्गदर्शक स्तम्भ थिए। यस ऐतिहासिक विधानसभामा महात्मा गान्धी स्वयं उपस्थित भएका थिए जसले दुई पटक कार्यवाहीमा भाग लिए जसबाट यो हल उनको स्थायी योगदानको मौन साक्षी बन्न पुगेको छ। स्त्रीजीले सदैव सादगी, विनम्रता औ दृढ़ संकल्पबाट राष्ट्रलाई परिवर्तन गर्ने मार्ग देखाए। उनको जीवनले यो स्मरण गराउँछ कि साँचो नेतृत्व जनसेवा तथा मातृभूमिको लागि बलिदानमा निहित छ।”

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande