लोहरदगामा विजय दशमीको पर्व उत्साह पूर्वक मनाइयो
लोहरदगामा विजय दशमीको पर्व उत्साह पूर्वक मनाइयो


लोहरदगा, 2 अक्टोबर (हि.स.)। लोहरदगा जिल्लामा विजय दशमीको पर्व उल्लास एवं भावनाहरूले परिपूर्ण भएर मनाइँदैछ। चारैतिर उत्साहको वातावरण छ।

विभिन्न पूजा पण्डालहरूमा सिन्दूर खेलासितै विसर्जन प्रक्रिया शुरू भएको छ। एकातिर गगनभेदी जयकार गुञ्जिरहेको छ भने अर्कोतिर भक्तहरूको आँखा रसाएको छ। छोरीलाई विदा गरे झैं श्रद्धालुहरूले माँलाई विदा दिरहेका छन्। यद्यपि लोहरदगा जिल्लामा बिहीवार भएको कारणले माताको प्रतिमालाई आज विसर्जन गरिनेछैन।शुक्रवार सबै पण्डालहरूमा स्थापित प्रतिमाहरूको विसर्जन गरिनेछ। दशैको अवसरमा रावण दहन गरिनेछ। जिल्लामा सुरक्षाको व्यापक बन्दोबस्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande