मीरजापुर, 02 अक्टोबर (हि.स.)। उत्तर प्रदेशमा जिल्ला मीरजापुरको चुनार थाना क्षेत्रमा बुधवार अबेर राति रक्सीको नशामा धुत दुई छिमेकीबीच भएको भनावैरी हत्यामा परिणत भय़ो। छिमेकीले ढुंगाले हिर्काएर युवकको हत्या गऱ्यो। पुलिस मामिलाको जाँचमा जुटेको छ।
पुलिस अनुसार, रैपुरिया गाउँ निवासी 45 वर्षीय बुल्लू साहनी र छिमेकी गोपी साहनी बुधवार एकसाथ बसेर माछा र रक्सी खाइरहेका थिए। सोही अवधि कुनै कुरालाई लिएर दुवैबीच विवाद भयो। विवाद यति बढ्यो कि आरोपी गोपीले ढुंगा बुल्लूको टाउँकोमा हिर्कायो। गम्भीर चोटको कारण उसको घटनास्थलमै मृत्यु भयो।
अपर पुलिस अधीक्षक (अपरेशन) ले बताए, घटना अचानक भएको भनावैरीको कारण भएको हो, यसमा कुनै प्रकारको पुरानो शत्रुता अघि आएको छैन। अहिले आरोपी गोपी साहनीलाई पक्राउ गरिएको छ र मामिलामा आवश्यक विधिक कारबाही गरिँदैछ। गाउँमा तनावको स्थितिलाई मध्यनजर गरेर पुलिस बल तैनाथ गरिएको छ। शान्ति व्यवस्था सामान्य बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी