हरिद्वार, 2 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) जिल्ला कार्यालयमा राष्ट्रपिता महात्मा गान्धी एवं पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको जयन्ती मनाइयो। यस अवसरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भाजपा जिल्ला अध्यक्ष आशुतोष शर्माले भने, देशको स्वाधीनतामा महात्मा गान्धीको महत्वपूर्ण भूमिका रह्यो। देश निर्माणमा लाल बहादुर शास्त्रीले एक कीर्तिमान स्थापना गरे। उनले दिएको जय जवान जय किसानको नारा आज पनि देशको लागि आदर्श भएको छ।
सेवा पखवाड़ाका जिल्ला संयोजक लव शर्मा, जिल्ला महामन्त्री सञ्जीव चौधरी तथा जिल्ला महामन्त्री हीरा सिंह बिष्टले भने, दुवै महान विभूतिहरूले देखाएको मार्गमा अग्रसर भएर देशको लागि काम गर्नुपर्छ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष सीमा चौहान, तरुण नैय्यर, सन्दीप अग्रवाल, निपेन्द्र चौधरी, जिल्ला कोषाध्यक्ष अरविन्द कुशवाहा, कार्यालय मन्त्री नकली सैनी, जिल्ला मन्त्री भूप सिंह, अमरीश सैनी, विनीत जोली, जिल्ला अध्यक्ष युवा मोर्चा विक्रम भुल्लर, जिल्ला अध्यक्ष महिला मोर्चा रञ्जना चतुर्वेदी सहित अनेकौं कार्यकर्ताहरू उपस्तिथ थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा