डमटालको छन्नीमा नशा तस्कर आमा सहित दुई छोरा पक्राउ
डमटालको छन्नीमा नशा तस्कर आमा सहित दुई छोरा पक्राउ


धर्मशाला, 02 अक्टोबर (हि.स.)। जिल्ला पुलिस नूरपुरद्वारा नशा विरूद्ध चलाइएको अभियान अन्तर्गत नशा माफिया विरूद्ध ठूलो कारबाही गर्दै पुलिस थाना डमटाल अन्तर्गत छन्नीमा नशा तस्करीमा सामेल आमा र उसका दुई छोरालाई पक्राउ गरिएको छ। पुलिसले गुप्त सूचनाको आधारमा आरोपीहरूको आवासीय घरमा छापा मारेर 22.27 ग्राम हेरोइन र 90 हजार नगदी पनि जफत गरेको छ।

पुलिसले यस मामिलामा भारत उर्फ तम्मा पुत्र सेठा राम, बीना देवी पत्नी सेठा राम र खन्ना पुत्र सेठा राम निवासी छन्नी तहसील इन्दौरा जिल्ला कांगड़ा विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी अग्रिम कारबाही गरेको छ।

एसपी नूरपुर अशोक रत्नले बताए, उपरोक्त मामिलाको जाँचमा उपरोक्त तीनै आरोपी कुख्यात नशा तस्कर रहेको पाइएको छ। जस विरूद्ध नशा तस्करीका अन्य मामिला पनि दर्ता छन्। आरोपी भारत उर्फ तम्मा विरूद्ध 3, खन्ना विरूद्ध पनि 3 तथा उनीहरूका आमा बीना देवी विरूद्ध पनि 3 मामिला दर्ता छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande