गेजिङ, 02 अक्टोबर (हि.स.)। गेजिङ जिल्ला प्रशासनिक केन्द्रले आज केन्द्र परिसरमा 156औं गॉंधी जयन्ती पालन गऱ्यो। यस अवरसमा जिल्ला प्रशासनिक केन्द्रमा कार्यरत कर्मचारीहरूले महात्मा गॉंधीको मूर्तिमा दियो बालेर र खदा अर्पण गरेर श्रद्धाञ्जली अर्पित गरे। यस अवसरमा गेजिङ जिल्लाका जिल्लापालका निजी सचिव प्रणव लामा र अन्य अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल