मङ्गन, 02 अक्टोबर (हि.स.)। मङ्गन जिल्लामा पनि आज राष्ट्रपिता महात्मा गॉंधीको 156औं जयन्ती पालन गरियो। यस अवसरमा मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा मङ्गनका एसडीएम सन्दिप कुमारको उपस्थितिमा एक कार्यक्रम आयोजना गरियो।
एसडीएम कुमारले राष्ट्रपित महात्मा गॉंधीको मूर्ति अघि दियो जलाएर खदा अर्पणका श्रद्धाञ्जली दिए। यस पछि, विभिन्न विभागका अधिकारीहरू र कर्मचारीहरूले पनि गॉंधीलाई श्रद्धाञ्जली अर्पित गरे। एसडीएमले आफ्नो सम्बोधनमा गॉंधी जयन्तीको महत्वमाथि प्रकाश पारेका थिए।
कार्यक्रममा आरओ फरेस्ट सुपेन्द्र सुब्बा, बीओ मत्स्य रोशन सुब्बा, डीपीओ एवं संयुक्त निदेशक कर्म दोर्जी भोटिया तथा अन्य अधिकारी र कर्मचारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल