नयाँ वर्षको आरम्भमा गान्धीनगरका नागरिकहरूले महात्मा मन्दिरसम्म पाउनेछन् मेट्रो रेलको सुविधा
नयाँ वर्षको आरम्भमा गान्धीनगरका नागरिकहरूले महात्मा मन्दिरसम्म पाउनेछन् मेट्रो रेलको सुविधा


-विजया दशमीको पर्वमा मेट्रो रेलको सचिवालयदेखि महात्मा गान्धीसम्म सफलतापूर्वक भयो ट्रायल रन

गान्धीनगर, 02 अक्टोबर (हि.स.)।

विजया दशमीको पावन पर्वमा गुजरातको गान्धी नगरमा बिहीवार मेट्रोको ट्रायल रन सचिवालयदेखि अगाड़ि बढ़्दै रूटको अन्तिम स्टेशन महात्मा मन्दिरसम्म सफलतापूर्वक सम्पन्न गरियो।

राज्य सूचना विभागले बतायो, मुख्यमन्त्री भूपेन्द्र पटेलको मार्गदर्शनमा मेट्रो रेलको कार्य अझ गतिशील भएको छ। हालैमा सचिवालयसम्म चलाइएको मेट्रो रेलको थप पाँच वटा स्टेशनहरू क्रमैले अक्षरधाम, जूना सचिवालय

(जीवराज मेहता भवन), सेक्टर 16, सेक्टर 24 तथा अन्तिम स्टेशन

महात्मा मन्दिरसम्म ट्रायल रन शुरू भएको छ।

यो ट्रायल रन पूर्ण भएपछि मेट्रो रेल सुरक्षा आयुक्त (सीएमआरएस) समक्ष आवश्यक स्वीकृतिको लागि प्रस्ताव राखिनेछ अनि नव वर्षको आरम्भमा महात्मा मन्दिरसम्म मेट्रो रेलको सुविधा पाइनेछ।

यो कार्य पूर्ण भएपछि अहमदाबाद तथा गान्धी नगरका 68 किलोमीटरको रूटमा अवस्थित 53 स्टेशनहरूलाई मेट्रो रेल सुविधा प्राप्त हुनेछ साथै यात्रा अधिक सस्तो, आरामदायक एवं प्रदूषणमुक्त

बन्नेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande