गान्तोक, 02 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले गॉंधी जयन्तीको अवसरमा राष्ट्रपिता महात्मा गान्धीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले महात्मा गॉंधीको सत्य, अहिंसा र आत्मनिर्भरता जस्ता शाश्वत मूल्यहरूलाई पुनः स्मरण गर्दछौँ भनेका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, सिक्किमले दिगो विकास, शान्तिपूर्ण सहअस्तित्व र समावेशितामार्फत गॉंधीजीको दृष्टिकोणलाई व्यवहारमा उतार्ने प्रयास जारी राखेको छ। यस विशेष दिनमा, हामी उहाँका आदर्शहरूलाई जीवन्त राख्दै, राज्य र राष्ट्रको समुन्नत भविष्यका लागि समर्पित भावनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
हिन्दुस्थान समाचार / बिशाल