गान्तोक, 02 अक्टोबर (हि.स.)। राष्ट्रपिता महात्मा गॉंधी र भारतका पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको जयन्तीको अवसरमा आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राजभवनमा स्थित महात्मा गॉंधीको मूर्ति र लाल बहादुर शास्त्रीको प्रतिमामा पुष्पाञ्जली अर्पित गरे।
राजभवन अनुसार, श्रद्धाञ्जली अर्पित गर्दै राज्यपालले महात्मा गॉंधी र लाल बहादुर शास्त्रीको राष्ट्र निर्माणमा योगदानको स्मरण गरे। उनले भने, यी महान विभूतीहरूका विचारहरू आज पनि हाम्रो समाजिक जीवन र राष्ट्रको लागि मार्गदर्शक हुन्। यस अवसरमा राजभवनका अधिकारीहरू र कर्मचारीहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल