सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा 156औं गॉंधी जयन्ती पालन
सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा 156औं गॉंधी जयन्ती पालन


सोरेङ, 02 अक्टोबर (हि.स.)। सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आज 156औं गॉंधी जयन्ती पालन गरियो। केन्द्र परिसरमा आयोजित कार्यक्रममा केन्द्रका अधिकारी र कर्मचारीहरूले राष्ट्रपिता महात्मा गॉंधीलाई श्रद्धाञ्जली अर्पित गरे।

कार्यक्रममा जिल्ला परियोजना अधिकारी रजनी पेगा, सहायक निदेशक, आईटी अमिर भण्डारी, सोरेङ ब्याडमिन्टन एसोसिएशनका अध्यक्ष अम्बर गुरुङ तथा अन्य अधिकारी र कर्मचारीहरू उपस्थित थिए।

भेलाले गॉंधीको सत्य, अहिंसा र सरलताको आदर्शलाई प्रतिबिम्बित गर्दै प्रगतिशील र समावेशी समाज निर्माणमा उनको दृष्टिकोणलाई अगाडि बढाउने प्रतिबद्धता दोहोर्‍याएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande