रायपुरको महादेव घाटमा माँ दुर्गाको 176 प्रतिमाहरूको भयो विसर्जन
रायपुरको महादेव घाटमा माँ दुर्गाको 176 प्रतिमाहरूको भयो विसर्जन


रायपुर, 3 अक्टोबर (हि.स.)। राजधानी रायपुरकोमहादेव घाटनिकट निगमद्वारानिर्मित कुण्डमा बिहीवार बिहानदेखि अबेर रातीसम्ममा भक्तहरूले माता दुर्गाका 176 वटा प्रतिमाहरूको श्रद्धापूर्वक विर्जन गरे। भक्तिमय वातावरणमा श्रद्धालुहरू परिवारसितै देवी माँलाई विदा दिन पुगे। पारम्पिरक विधि-विधाने प्रतिमाहरूलाई कुण्डमा विसर्जित गरे।

उल्‍लेखनीयछ, शहरमा पाँच सयभन्दा अधिक पण्डालहरूमा माता दुर्गाको प्रतिमा स्थापित गरिएको थियो। बिहीवार विसर्जनको सिलसिला अबेर रातीसम्म चल्यो। भक्तहरूले समूह बनाएर झाँकी तथा गीत-संगीतको साथमा प्रतिमालाई लिएर कुण्डमा पुगे। विसर्जन कुण्डमा पुग्नसाथ माँको जय-जयकारले सम्पूर्ण वातावरण गुञ्जयमान भयो। शुक्रवारपनि प्रतिमाहरूको विसर्जन कार्य जारी रहनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande