भुवनेश्वर, 3 अक्टोबर (हि.स.)। ओडिशाको गजपति जिल्लामा अवस्थित महेन्द्रगिरि पहाड़मा पैह्रो गएर फसेका 24 जना पर्यटकहरूलाई गए बिहीवार अबेर राती एक विशेष अभियान अन्तर्गत सुरक्षित बचाइयो।
बचाउ दलहरूले जेसीबी मशिनको सहयोगले ढुङ्गा-माटोलाई हटाएर बाटो सफा गरे अनि पर्यटकहरूलाई सुरक्षित निकाले। सबै पर्यटक कटक अनि भुवनेश्वरका थिए। उनीहरूलाई राती लगभग 11 बजे सुरक्षित रूपमा घेराबाँधा थानामा लगियो जहाँ उनीरलाई भोजन र पानी उपलब्ध गराइयो।
यो अभियान वन विभाग र पुलिसकर्मीहरूको संयुक्त प्रयासमा अधिकारीहरूको कड़ा निगरानीमा चलाइएको थियो। मुख्यमन्त्री मोहन चरण माझीको निर्देशमा खनन एवं इस्पात मन्त्री विभूति भूषण जेनाले गजपतिमा पुगेर राहत कार्यको निगरानी गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा