जयपुर, 3 अक्टोबर (हि.स.)। विधानसभा अध्यक्ष वासुदेव देवनानीले बारबाडोसमा भइरहेको 68औं राष्ट्रमण्डल संसदीय सम्मेलनमा राजस्थानलाई प्रतिनिधित्व गर्नेछन्। देवनानीले क्यारिबियन देश बारबाडोसमा 5-देखि 12 अक्टोबरसम्म आयोजना भइरहेको राष्ट्रमण्डल संसदीय सम्मेलनमा लोकत्तन्त्र अनि संसदीय व्यवस्थाको सशक्तिकरणमाथि पत्र वाचन गर्नेछन्। देवनानी सम्मेलनमा भाग लिनका लागि नयाँ दिल्लीदेखि लण्डन अनि लण्डनदेखि बारबाडोस जानेछन्।
राजस्थान विधानसभामा गरिएका नवाचारहरूको जानकारी उनले यस विश्वस्तरीय सम्मेलनमा दिनेछन्। उनले लण्डनमा राष्ट्रमण्डल संसीदय संघको मुख्यालयको भ्रमण पनि गर्नेछन्। देवनानीले मुख्यालयका अधिकारीहरूसित विचार-विमर्श गर्नेछन् अनि लण्डनमा भारतीय समुदाय तथा सामाजिक संगठनहरूसित भेट गर्नेछन्।.
यसपूर्व गए बिहीवार देवनानीले राजभवनमा राज्यपाल हरिभाऊ बागड़े र मुख्यमन्त्री निवासमा मुख्यमन्त्री भजन लाल शर्मासित शिष्टाचार भेट गरे। यस भेटमा उनले राज्यपाल र मुख्यमन्त्रीलाई राष्ट्रमण्डल संसदीय संघको 68औं सम्मेलन बारे जानकारी दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा