भाजपा प्रदेश अध्यक्ष बाबूलाल मराण्डीका बुहारी र पत्नीसित दुर्व्यवहार
भाजपा प्रदेश अध्यक्ष बाबूलाल मराण्डीका बुहारी र पत्नीसित दुर्व्यवहार


हजारीबाग, 03 अक्टोबर (हि.स.)। हजारीबागको मुफ्फसिल थाना क्षेत्र अन्तर्गत अमृत नगरमा भाजपा प्रदेश अध्यक्ष औ नेता प्रतिपक्ष बाबूलाल मराण्डीका पत्नी एवं बुहारीसित दुर्व्यवहार गरेको मामिला शुक्रवार प्रकाशमा आएको छ। अमृत नगर समितिका सदस्यहरूले उनीहरूका चालकलाी कुटपिट गरेर घाइते बनाइदिए। घटनाको सम्बन्धमा प्रीति किस्कुले मुफ्फसिल थानामा प्राथमिकी दर्ता गराएकी छन्।

उक्त प्राथमिकी अनुसार प्रीति किस्कु आफ्नी सासुसित गिरिडीहदेखि राँची गइरहेकी थिइन्। गए बिहीवार राती उनीहरू अमृत नगरमा थिए। त्यहाँ समितिका सदस्यहरूले उनीहरूसित दुर्वय्वहार गरे। यसको विरोध गर्दा उनीहरूको चालकमाथि कुटपिट गरियो।

भनिन्छ, घटना भइरहँदा पुलिस जवान पनि उपस्थित थिए। पूर्व मुख्यमन्त्री बाबुलाल मराण्डीकी बुहारी प्रीति किस्कुले अमृत नगर पूजा समितिका मानिसहरूविरूद्ध कारबाही गर्ने अनुरोध गरेकी छन्।

घटनाको सूचना पाएपछि आईडी सुनिल भास्करले हजारीबाज एसपीलाई दोषीहरूलाई पक्राउ गरी कारबाही गर्ने निर्देश दिएका छन्। आईजीले बताए, सम्पूर्ण मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande