मुख्यमन्त्री डा. यादवले साहित्यकार अमृतलाल बेगड़को जयन्तीमा गरे नमन
मुख्यमन्त्री डा. यादवले साहित्यकार अमृतलाल बेगड़को जयन्तीमा गरे नमन


भोपाल, 3 अक्टोबर (हि.स.) । मुख्यमन्त्री डा. मोहन यादवले माँ नर्मदाजीका पुत्र साहित्यकार एवं चित्रकार स्व. अमृतलाल बेगड़को जयन्तीमा उनलाई नमन गरेका छन्। मुख्यमन्त्री डा. यादवले भने,बेगड़ले आफ्नो कालजयी लेखन एवं यात्राहरूबाट माँ नर्मदाको अविरल धारा तथा अद्वितीय सौन्दर्यलाई अझ समृद्ध बनाउने महातप गरे तथा देशवासीहरूमा चेतना जगाए कि नदीहरूसितै हाम्रो जीवन छ।

मुख्यमन्त्री डा. यादवले शुक्रवार सोशल मीडिया एक्सको माध्यमबाट भने, बेगड़का पुस्तकहरूलाई पढ़्नु साहित्यको आस्वादन गर्नु मात्र होइन जकि नदी संस्कृतिको उपासनाको लागि प्रेरणा पनि हो साथै आध्यात्मिक अनुभूतिको अनन्य श्रोत पनि हो। भावी पिँढ़ीको लागि उनी सदैव अनुकरणीय रहनेछन्।

स्मरण गराइन्छ, पर्यावरण संरक्षण, साहित्य, चित्रकला औ समाज सेवाको क्षेत्रमा समर्पित व्यक्तित्व अमृतलाल बेगड़को जन्म 3 अक्टोबर, 1928-मा मध्य प्रदेशको जबलपुरमा भएको थियो। उनले नर्मदा नदीको परिक्रमा गरी लगभग 4 हजार किलोमीटरको पैदल यात्रागरे जसबाट उनी नर्मदा पुत्रको रूपमा प्रसिद्ध भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande