बलरामपुरःधुमधामसितले सम्पन्न भयो दुर्गा प्रतिमाको विसर्जन
बलरामपुरःधुमधामसितले सम्पन्न भयो दुर्गा प्रतिमाको विसर्जन


बलरामपुर, 3 अक्टोबर (हि.स.)। विजया दशमीको अवसरमा गए ब िहीलार बलरामपुर जिल्लाका विभिन्न दुर्गा पूजा पण्डालहरूमा भक्तिमय परिवेश देखियो। पूजापछि देवी दुर्गाको मूर्तिलाई पारम्पिरक ढंगमा अबेर राती विसर्जन गरियो। यस अवधि सम्पूर्ण वातावरण उत्साह अनि उल्लासले भरिएको थियो।

श्रद्धालुहरूले विसर्जन यात्रा शुरू गरे। यात्रामा माँ दुर्गाको जय-जयकारले सम्पूर्ण क्षेत्र गुञ्जयमान भयो। ढोलको तालमा महिला, पुरूष एवं बाल-बालिकाहरू नाँच्दै अगाड़ि बढ़े। महिलाहरूले पारम्परिक गीत गाउँदै विसर्जन शोभायात्रामा सामेल भए।

नगरका सड़कहरू भएर गुज्रिएको यात्राले माहोललाई पूर्ण रूपले धार्मिक रंगमा रंगाइदियो। मानिसहरूले ठाउँ-ठाउँमा भेला भएर माँ दुर्गालाई अन्तिम प्रणाम गरिरहेका थिए। जीवनदायिनी कन्हर नदीको तटमा विधि विधानपूर्वक प्रतिमाको विसर्जन गरियो। यस अवधि प्रशासनले सुरक्षाको कड़ा बन्दोबस्त गरिदिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande