लद्दाख, 3 अक्टोबर (हि.स.)। लद्दाखका उपराज्यपाल कविन्दर गुप्ताले भने, पछिल्लो चार दिनदेखिको बजारलाई आम जनताको लागि बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म खुला राखिएको छ अनि लेहमा भएको हालैको विरोध प्रदर्शनपछि वाहन सामान्य रूपमा चलिरहेको छ। आज व्यवसायिक वाहनहरूलाई पनि अनुमति दिइएको छ।
गत 24 सेप्टेम्बरको हालिया मानिसहरूद्वारा गरिएको विरोध प्रदर्शन लद्दाखलाई राज्यको दर्जा दिने अनि छैटौं अनुसूचीमा सामेल गर्ने मागको परिणाम थियो जुन लेहमा पुलिस अधिकारीहरूसित झड़पमा परिणत भयो।
उपराज्यपालले भने, आठौं कक्षासम्मका सबै शैक्षणिक केन्द्रहरूलाई खोलिएको छ। एक-दुई दिनपछि सबै सामन्य हुनेछ। पछिल्लो 24 सेप्टेम्बरको घटना वास्तवमै पीड़ादायी र दुःखदायी थियो। यस्तो हुनु हुँदैनथ्यो। उनले भने, भविष्यमा यस्ता घटनाहरू नहुने सुनिश्चित गरिँदैछ।
सोनम वांगचुकको पक्राउलाई लिएर उपराज्यपालले भने, कारबाही प्रमाणको आधारमा गरिएको हो। अदालत होस् वा अन्य ठाउँमा जाने उनको अधिकार हो। यो मौलिक अधिकार अन्तर्गत पर्दछ, त्यसैले यो ठिकै हो। तर प्रमाणको आधारमा कारबाही गरिनेछ। तर धेरैजना प्रदर्शनकारीहरूलाई रिहा गरिएको छ भने कतिपयलाई जमानत पनि दिइएको छ। दोषीहरूमाथि कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा