भुवनेश्वर, 3 अक्टोबर (हि.स.)। ओडिशामा लो-प्रेशरको प्रभावले लगातार पानी परिरहेको छ जसले गर्दा कतिपय जिल्लाको स्थिति गम्भीर भएको छ। यसरी नै गजपति जिल्लाका नदीहरूको जलस्तर बढ़ेर कतिपय क्षेत्र जलमग्न हुने आशंका व्यक्त गरिएको छ।
मुख्यमन्त्री मोहन चरण माझीले स्थितिमाथि लगातार निगरानी राख्ने तथा राहत कार्यहरूलाई तीव्रता दिनेनिर्देश दिएका छन्। उनले खनन एवं इसपात मन्त्री विभूति भूषण जेनालाई तत्काल गजपति जिल्लामा पठाएका छन् ताकि घटनास्थलको स्थितिको मूल्याकंन गरी आवश्यक कदम उठाउन सकियोस्। मुख्यमन्त्रीले गजपति जिल्लाका जिल्लाधिकारीसित सम्वाद गरी स्थितिको जानकारी लिए साथै राहत आयुक्तलाई तुरून्त आवश्यक सहायता प्रदान गर्ने निर्देश दिए।
सूत्र अनुसार जिल्लाका केही भागहरूमा पहाड़बाट पैह्रो आएर यातायात व्यवस्था प्रभावित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा