कालेबुङ, 03 अक्टोबर (हि.स.)। विजयादशमीको विशेष अवसरमा कालेबुङ जिल्ला पुलिसले हु केयर्सद्वारा सञ्चालित जोयस होम, बर्बोटमा विशेष कार्यक्रम आयोजना गरेको छ। कालेबुङ जिल्ला पुलिस अधीक्षक आईपीएस श्रीहरी पाण्डेको अगुवाईमा विभिन्न अधिकारीहरू हिजो जोयस होम पुगेका थिए।
यस अवसरमा वृद्ध आमाबाबा र अन्य सबैका लागि दिनको भोजनको व्यवस्था जिल्ला पुलिसकै तर्फबाट गरिएको थियो।सो कार्यक्रममा हु केयर्सका निर्देशक एरोन योञ्जन र होम्सका म्यानेजर बिनिता छेत्रीले कालेबुङ जिल्ला पुलिस अधीक्षक र सम्पूर्ण जिल्ला पुलिसलाई हार्दिक आभार व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक