मौसम विभागले जारी गऱ्यो यल्लो अलर्ट, केही जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुने सम्भावना
मौसम विभागले जारी गऱ्यो यल्लो अलर्ट, केही जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुने सम्भावना


पटना, 3 अक्टोबर (हि.स.)। भारतीय मौसम विभाग, पटना केन्द्रले तात्कालिक मौसम चेताउनी जारी गरेको छ। चेताउनीमा आगामी दुई-तीन घण्टाभित्रमा बिहारका केही जिल्लाहरूमा हल्कादेखि मध्यम स्तरको मेघ गर्जनसितै वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। यस अवधि 30-40 किलोमीटरको गतिले तीव्र हावा चल्ने आशंका पनि छ।

मौसम विभागद्वारा जारी यल्लो अलर्टमा भनिएको छ, पटना, भोजपुर, कैमुर, रोहतास, औरंगबाद, अरवल, जहानाबाद तथा गया जिल्लामा मौसमको प्रभाव देख्न सकिन्छ।

मौसम विभागले मानिसहरूसित अपील गरेको छ, खराब मौसम अवधि मानिसहरू घरभित्रै सुरक्षित रहुन्। बिजुलीका खम्बाहरू, रूख वा खुल्सा स्थानमा नबसुन्। किसान तथा खेतमा काम गरिरहेका मानिसहरूलाई सल्लाह दिइएको छ, उनीहरू तुरून्त सुरक्षित स्थानमा बसुन्।

स्मरण गराइन्छ, मौसम विभागले लगातार अपडेट दिरहेको छ र मानिसहरूसित अनुरोध गरेको छ कि उनीहरूले विभागको वेबसाइट, फेसबुक वा ट्विटरमा ताजा जानकारी लिरहुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande