वाराणसी, 03 अक्टोबर (हि. स.)। वाराणसीमा दशै सकिएको तुरून्तैपछि नगरनिगमले सम्पूर्ण शहरमा सफाई अभियान शुरू गऱ्यो। शुक्रवार बिहानदेखि नै शहरका विभिन्न भागहरूमा नगरनिगमका सफलाई कर्मचारीहरूले परिश्रम गरेर शहरलाई चम्काउने कार्य गरे। वाराणसीका नगर आयुक्त तथा मेयरले लगातार शहरको सफाई व्यवस्थामा आफ्नो नजर राखिरहेका छन्।
मेयर अशोक तिवारीले भने, दशैपछि भरत मिलामदेखि लिएर दीपावलीसम्म वारणसी शहरमा ठूलो सख्यामा पर्यटकहरू आउने गर्दछन्। शहरको सर-सफाी व्यवस्था वाराणसी नगरनिगमको उत्तरदायित्व हो। घाट किनारका क्षेत्रहरूलाई चम्काउनको लागि सफाी कर्मचारीहरू बिहानदेखि नै लागिपरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा