बलरामपुर, 3 अक्टोबर (हि.स.)। बलरामपुर जिल्लाको रामानुजगञ्जमा बिहीवार विजय दशमीको पावन अवसरमा हाई स्कूल ग्राउण्डस्थित सागर मोती फाउण्डेशनको रमन अग्रवालको पक्षबाट भव्य रावण दहन कार्यक्रमको आयोजन गरियो। मुख्य अतिथिका रूपमा छत्तीसगढ़ राज्यको संस्कृत बोर्डका पूर्व अध्यक्ष औ विश्व हिन्दू परिषदका राष्ट्रिय पदाधिकारी बिलासपुर जिल्लाका निवासी स्वामी परमात्मानन्द गिरी सामेल भए।
65 फुटको विशालकाय रावणको पुतला दहन-
सूरजपुर जिल्लाको बंगाली समाजद्वारा यस वर्ष 65 फुटको विशालकाय रावणको प्रतिमा बनाइएको थियो जसले दर्शकहरूको ध्यान आफूतिर केन्द्रित गऱ्यो। आधुनिक तकनिक तथा सशक्त सामग्रीले बनिएको यस रावणको पुतलालाई हेर्न हजारौं मानिसहरू स्कूल ग्राउण्डमा पुगे।
मुख्य अतिथि स्वामी परमात्मा नन्द गिरीले विधिवत पूजा अर्चना गरी रावण दहन कार्यक्रमको शुरुआत गरे। उनले आफ्नो सम्बोधनमा भने, विजय दशमीको पर्व नराम्रोमाथि राम्रोको जीत अनि असत्यमाथि सत्यको स्थापनाको प्रतीक हो। यो पर्वले समाजमा एकजुट भएर सुमार्गमा हिँड़्ने सन्देश दिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा