जलपाईगुड़ी, 03 अक्टोबर (हि. स.)। दुर्गा पूजा अवधि दशमीको राती जलपाईगुड़ी जिल्लामा एक पीड़ादायी दुर्घटना भयो। धुपगुड़ीदेखि मयनागुड़ी जाने एशियन हाइवे-4 मा पुल नम्बर-2 नजिक एक द्रूत गतिको कार अचानक अनियन्त्रित भएर सड़क किनारमा बसेका मानिसहरूलाई कुल्चिँदै एउटा पसलभित्र पस्यो। यस दुर्घटना तीनजना मानिसहरूको मृत्यु भयो भने सातजना गम्भीर रूपमा घाइते भए।
पुलिस सूत्र मुताबिक घटना भएको समयमा मानिसहरू पूजा पण्डालहरूको दर्शन तथा प्रतिमा विसर्जन गर्नका लागि गइरहेका थिए। यसै अवधि एक द्रूत गतिको एसेयूभीले सड़क किनारमा पंक्तिवद्ध भएर बसेका श्रद्धालुहरूलाई ठक्कर दियो। दुर्घटनापछि मानिसहरू यत्रतत्र उछिटिए। क्षेत्रमा व्यापक खैलाबैला मचियो।
पुलिसले अनुमान व्यक्त गरेको छ, कार चालकले वाहनबाट नियन्त्रण गुमाएको थियो जसले गर्दा यो ठूलो दुर्घटना भयो। घटनापछि चालक घटनास्थलबाट भाग्यो। जलपाईगुड़ी जिल्लाका एकजना वरिष्ठ अधिकारीले शुक्रवार बिहान बताए, मृतकहरूको संख्या तीन छ भने लगभग सातजना मानिसहरू घाइते भएका छन् जसको अस्पतालमा उपचार भइरहेको छ। पुलिसले मामिलामा प्राथमिकी दर्ता गरेको छ अनि भगौड़ा चालकलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा