मिरजापुर, 03 अक्टोबर (हि.स.)। विजय दशमी पर्वमा ड्रमण्डगञ्ज बजारको दशहरा मैदानमा परम्परागत रावण वधको आयोजन रोमाञ्चक ढंगमा सम्पन्न भयो। अबेर साँझ श्रीरामद्वारा रावणको शिर काटिनसाथ मैदानभरि नै“जय श्रीराम” को उद्घोषले गुञ्जियो अनि हजारौं श्रद्धालुहरू भाव विभोर भए।
विशेष परम्परा अनुरूप फलामको बनिएको दश वटा शिर भएको रावणको विशाल पुतलालाई बजार भ्रमण गराइयो। त्यसपछि मैदानमा रामलीला कमिटीका अध्यक्ष अंजनी सोनी, संरक्षक लवकुश केशरी, ग्राम प्रधान कौशलेन्द्र गुप्ता र अन्य गण्यमान्य मानिसहरूले राम दलको आरती उतारे। कार्यक्रमलाई हेर्नका हजारौं मानिसहरूको भीड़ उर्लियो। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै थानाध्यक्ष ब्रह्मदीन पाण्डेयको नेतृत्वमा पुलिस अनि पीएसीका जवानलाई तैनाथ गरिएको थियो। संचालन तारकेश्वर केशरीले गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा