काँकेरः शासकीय महिला आईटीआई काँकेरमा दुई दिवसीय राज्यस्तरीय रोजगार मेला 9 अक्टोबरदेखि
काँकेरः शासकीय महिला आईटीआई काँकेरमा दुई दिवसीय राज्यस्तरीय रोजगार मेला 9 अक्टोबरदेखि


काँकेर, 3 अक्‍टोबर (हि.स.)। शिक्षित बेरोजगार युवाहरूलाई निजी संस्थानमा नियोचित गर्ने उदेश्यले आगामी 9 र 10 अक्टोबरको दिन राज्य स्तरीय रोजगार मेला आयोजना गरिनेछ। यस मेलामा राज्य एवं राज्य बाहिर कामगरिरहेका 114 वटा कम्पनीहरूला युवाहरूलाई 8-10 हजार नोकरी दिनेछ। रोजगार मेलामा भाग लिनका लागि वर्ष 2022, 2023, 2024 एवं 2025- मा उत्तीर्ण सबै दशौं, बाह्रौं, आईटीआई एवं डिप्लोमा धारक विद्यार्थीहरूले रोजगार कार्यालको वेबसाइट erojgar.cg.gov.in मा अनलाइन पञ्जीकरण गर्न सक्नेछन्।

यसको लागि शासकीय महिला आईटीआई काँकेरमा 6 र 7 अक्टोबरमा पञ्जीकरण अनि साक्षात्कारको निम्ति मार्गदर्शन शिविरको आयोजन गरिनेछ। आईटीआई उत्तीर्ण प्रशिक्षणार्थी जसको पञ्जीकरण भएको छैन उनीहरू आफ्नो शैक्षणिक दस्तावेज, आधार कार्ड, रोजगार पञ्जीकरण एवं दुई वटा पासपोर्ट साइजको फोटो लिएर उपस्थित हुनसक्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande