मङ्गन जिल्लाका चारैवटा ब्लकमा आदि सेवा पर्व आयोजना गरियो
मङ्गन जिल्लाका चारैवटा ब्लकमा आदि सेवा पर्व आयोजना गरियो


मङ्गन, 03 अक्टोबर (हि.स.)। मङ्गन जिल्लामा 2 अक्टोबरका दिन आदि सेवा पर्व आयोजना गरियो। यस क्रममा जिल्लाका सबै चारवटा ब्लक मङ्गन, काबि, चुङथाङ र पासिङदाङमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरियो। आदिकर्मयोगी अभियान मार्फत जनतामा सेवा, समावेशीता र उत्तरदायी शासनको भावना जगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।

यस अवसरमा सरकारी अधिकारीहरू, पञ्चायत प्रतिनिधिहरू, विद्यार्थीहरू र समुदायका सदस्यहरूको सक्रिय सहभागिता रह्यो। दिनभरि चलेको ग्राम सभा अन्तर्गत जागरुकता सत्र र अन्तरक्रिया सम्पन्न गरिएको थियो। सार्वजनिक सेवा प्रवाहलाई सुदृढ पार्ने र विकासात्मक गतिविधिहरूमा समुदायको संलग्नतालाई प्रोत्साहित गर्ने कुरामा ध्यान केन्द्रित गरिएको थियो।

जिल्लाका अधिकारीहरूले आदि सेवा पर्वबारे जानकारी गराउॅंदै पारदर्शी र जनमुखी शासनप्रति प्रतिबद्धता प्रकट गरे। चारैवटा ब्लकहरू मार्फत सेवा प्रवाह संयन्त्रलाई सुदृढ पार्ने प्रतिज्ञाका साथ उत्सव समापन भएको सामाजिक कल्याण विभागले बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande