गान्तोक, 03 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादसॅंग शिष्टाचार भेट गरेर खुशी, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
मुख्यमन्त्रीले भने, 'सिक्किमका पूर्व राज्यपाल श्री गंगा प्रसाद जीलाई भेट्न पाउँदा खुशी लाग्यो। मैले उहाँको स्वास्थ्य र कल्याणको बारेमा जानकारी लिए र उहाँको न्यानोपन र सकारात्मकता देखेर खुसी भएँ। दुर्गा पूजा (दशैं) को शुभ अवसरमा, मैले उहाँ र उहाँको परिवारलाई खुशी, समृद्धि र सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गरे।'
उल्लेखनीय छ, सिक्किमका पूर्व राज्यपाल गंगा प्रसाद केही समय अघि अस्वस्थताका कारण सिलगढीको एउटा अस्पतालमा भर्ना हुनु परेको थियो।
हिन्दुस्थान समाचार / बिशाल