सिङताम बजारमा भएको हत्याको आरोपमा दुई व्यक्ति पक्राउ
सिङताम बजारमा भएको हत्याको आरोपमा दुई व्यक्ति पक्राउ


गान्तोक, 03 अक्टोबर (हि.स.)। सिङताम बजारको स्थानीय एउटा मासु दोकाने र ग्राहकबीच कथित भनावैरी हुॅंदा एक व्यक्तिले ज्यान गुमाएको घटना प्रकाशमा आएको छ। मृतक व्यक्तिको नाम 39 वर्षीय दिनेश प्रधान बताइएको छ। यस घटनाको सम्बन्धमा दुई जना आरोपीलाई पक्राउ गरिएको छ।

घटना बिहिवार राति सिङताम बजारको लाल बजारस्थित एउटा मासुको दोकानमा भएको बताइएको छ। मासु दोकानमा दिनेश प्रधान र दोकानेबीच कुनै विषयलाई लिएर कथित भनावैरी भएको र स्थिति उग्र बनेपछि प्रधानमाथि प्राणघातक प्रहार भएको आरोप छ। यस घटनामा प्रधान गम्भीर रूपमा घाइते भए। उनलाई तत्काल सिङताम अस्पताल लगियो, तर उपचारको क्रममा उनको निधन भयो।

सिङताम पुलिसले यस घटनाको सम्बन्धमा दुई जना व्यक्ति इस्लाम शेख र जलाल शेखलाई पक्राउ गरेको छ। पुलिसले यस घटनाको सम्बन्धमा आरोपीहरू विरुद्ध मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ। अर्कातिर, घटनाको प्रतिवादमा आज सिङताम बजारका सबै व्यापारिक प्रतिष्ठानहरू बन्द रहे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande