जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग यातायातको लागि खोलियो
जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग यातायातको लागि खोलियो


जम्मू, 4 अक्टोबर (हि.स.)। जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग शनिवार यातायातको लागि खोलिएको छ। तथापि साना-ठूला सबै वाहनहरूको लागि एकतर्फी मात्र खोलिएको छ। जानकारी अनुसार आज साना वाहनहरूलाई श्रीनगरदेखि जम्मू तर्प मात्र प्रस्थान गराइँदैछ। साना वाहनहरूलाई बिहान 7ः00-देखि 10ः00 बजेसम्म जाने अनुमति दिइएको छ भने ठूला वाहनहरूलाई जम्मूदेखि श्रीनगर तर्फ साना वाहनहरू पश्चात प्रस्थान गराइनेछ।

यो निर्णय सतर्कताको रूपमा लिइएको छ। किनभने मार्ग अहिले पनि कतिपय क्षेत्रमा क्षतिग्रस्त नै छ। राजमार्गलाई पूर्ण रूपले बहाल गर्नमा अझ केही समय लाग्नसक्छ।

यसैबीच एसएसजी रोड तथा मुगल रोड वाहनहरूको आवागमनको खोलिेको छ। मुगल रोडमा साना वाहनहरूलाई दुवै तर्फबाट प्रस्थान गराइँदैछ भने भारी वाहनहरूलाई आज शोपियादेखि पुँछ तर्फ प्रस्थान गराइँदैछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande