बेलदामा नाबालिकको रहस्यमय मृत्यु, परिवार शोकग्रस्त
बेलदामा नाबालिकको रहस्यमय मृत्यु, परिवार शोकग्रस्त


पश्चिम मेदिनीपुर, 04 अक्टोबर (हि. स.)। जिल्लाको बेलदा थाना अन्तर्गत खाकुड़दा अम्बिडाँगर गाउँमा गए शुक्रवार राती भएको एकजना नाबालिकको असामान्य मृत्युले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ। पुलिसले मृतकाको पहिचान 14 वर्षीय बरखा बस्केको रूपमा गरेको छ।

पुलिस सूत्र अनुसार नाबालिकाले गलामा गलफन्दा लगाएर आत्महत्या गर्ने प्रयास गरी। तर घटना पछाड़िएको वास्तविक कारण अहिलेसम्म स्पष्ट भएको छैन। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। रिपोर्ट आएपछि मात्र मृत्युको कारण पत्तो लाग्नेछ।

मृतकाकी आमाले बताइन्, गए शुक्रवार साँझ तिनी बजार गएकी थिइन्। घरमा फर्केर आउँदा छोरी अचेत अवस्थामा लड़िरहेकी थिई र गलामा गमछा पनि बेरिएको थियो। हतार-हतार उसलाई टोटो मार्फत बेलदा सुपर स्पेशलिटी अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए। पुलिसले हाल सबै पाटो र पक्षको जाँच गरिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande