झाड़ग्राममा सड़कमा झऱ्यो 1.16 लाख रुपियाँ, पुलिसले घण्टौपछि फर्काइदियो
झाड़ग्राममा सड़कमा झऱ्यो 1.16 लाख रुपियाँ, पुलिसले घण्टौपछि फर्काइदियो


झाड़ग्राम, 4 अक्टोबर (हिस.) झाड़ग्राम जिल्लाकोबेलियाबेड़ा ग्राममा गएशुक्रवारअपरान्ह त्यसबेला खैलाबैला मचियो जतिबेला एकजना युवकको सानो गल्तीले ठूलो चिन्ताको रूप लियो। स्थानी प्रत्युष कुमार बेरा ब्यांकमा रुपियाँ जमा गर्न गइरहेका थिए, सोही समय मोटर साइकलबाट एक लाख 16 हजार रुपियाँ सड़कमा झऱ्यो जसबारे तिनलाई पहिला थाहा नै भएन।

घटना लगभगअपरान्ह 2 बजे भएकोबताइँदैछ। घटनास्थलमा उपस्थित सतर्क प्रत्यक्षदर्शीहरूले तत्काल बुद्धिमता देखाएर पुलिसलाई सूचित गरे। त्यसपछि पुलिसले सक्रिय भएर घटनास्थल वरपरका सीसीटीभी क्यामराको फुटेज जाँच गर्न थाल्यो। पुलिसकोतत्परतातथा तकनिकी सहायताको फलस्वरूप सड़कबाट उक्त रुपियाँ टिप्ने व्यक्तिको बारेमा पत्तो लगाइयो। त्यसपछि सबै राशि जफत गरी सुरक्षित रूपमा बेरालाई फर्काइयो। आफूले परिश्रम गरेर कमाएको रुपियाँ पाएकोमा हर्ष व्यक्त गर्दै प्रत्युषले पुलिस अनि स्थानीय नागरिकहरूप्रति आभार व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande