बिकानेर, 4 अक्टोबर (हि.स.)। राजस्थान कंग्रेसका दिग्गज नेता रामेश्वर डुडी (62)- को शुक्रवार अबेर रात्रि निधन भयो। कंग्रेसका देहात अध्यक्ष बिशनाराम सियाग अनुसार डुडीले आफ्नो निवासमै अन्तिम सास लिए। उनको अन्तिम संस्कार शनिवार गरिनेछ। डुडी लामो समयदेखिकै बिमार थिए भने तिनी लगभग 25 महिनादेखिको कोमामा थिए।
उल्लेखनीय छ, 1 जुलाई, 1963- मा जन्म ग्रहण ग रेका रामेश्वर डुडीले राजनीतिमा ठूलो सफलता हासिल गरे। विद्यार्थी राजनीतिदेखि राजनीतिक यात्रा शुरू गरेपछि तिनी वर्ष 1995-देखि 1999सम्म नोखाका प्रधान रहे। वर्ष 1999-देखि 2004 सम्म बिकानेर लोकसभा सांसद रहे। यस अवधि फूड सिभिल सप्लाी एवं पब्लिक डिस्ट्रीब्यूशन कमिटीका सदस्य पनि रहे। 2005-देखि 2010 सालसम्म जिल्ला प्रमुख रहे। 2013 सालमा नोखाबाट विधायक भएपछि 2013-देखि 2018 सम्म राजस्थान विधानसभामा नेता प्रतिपक्षको रूपमा रहे। यसरी नै 2022 सालमा राजस्थान स्टेट एग्रो इण्डसट्रीज डेभलपमेन्ट बोर्डका चेयरम्यान पनि रहे। पछिल्लो विधानसभा चुनाउपूर्व बिमार भएदेखि तिनी लगातार कोमामा थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा