कोलकाता, 04 अक्टोबर (हि. स.)। दुर्गा प्रतिमा विसर्जन जुलूस अवधि कोलकातामा एक दुःखदायी घटना भयो। दक्षिण कोलकाताको अलिपुर क्षेत्रमा गए शुक्रवार अबेर राती एकजना 32 वर्षीय युवकको उचाईँ अवरोधक (हाइट ब्यारियर)-सित ठोक्किएर मृत्यु भयो।
पुलिस अनुसार मृतकको पहिचान उत्सव च्यटर्जीको रूपमा भएको छ जो बेहाला क्षेत्रको एक क्लबसित जोड़िएका थिए। तिनले प्रतिमा लिएर गइरहेको वाहनमा सवार थिए। प्रतिमालाई लिएर गइरहेको समयमा अलिपुरस्थित जिरूत ब्रिज नजिक हाइट बेरियरसित ठोक्किएर यो घटना भयो। घटना राती लगभग 11 बजे भएको हो।
गम्भीर रूपमा घाइते च्यटर्जीलाई तत्कालै एसएसकेएम अस्पतालमा लगियो जहाँ तिनको उपचारको क्रममा मृत्यु भयो।
प्रतिमा विसर्जनको यो जुलूस बजबजस्थित कदमतला घाट तर्फ गइरहेको थियो। पुलिसले मामिलाको जाँंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा