सिलगढ़ी, ४ अक्टोबर (हि.स.)। राष्ट्रिय राजमार्ग १० मा शुक्रवार राति भएको एक वाहन दुर्घटनामा चार जनाको मृत्यु भयो भने तीन जना गम्भीर घाइते भएका छन्। मृतकहरू सबै गान्तोकको बोजोघारी निवासी बताइएको छ।
पुलिस सूत्रहरु अनुसार, घटना शुक्रवार राति लगभग आठ बजी भएको हो। वाहनमा सात जना यात्रा गरिरहेका थिए र उनीहरू पत्थरझोड़ाबाट बोजोघारी, गान्तोक फर्किरहेका थिए। राष्ट्रिय राजमार्ग 10 अन्तर्गत किर्ने छेउ वाहन सडकबाट झरेर निकै तल पुग्यो। यस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन। दुर्घटनापछि, स्थानीय मानिसहरू र संघ-संस्थाका सदस्यहरूको सहयोगमा उद्धार कार्य शुरू गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी