मुजफ्फरनगर, ०४ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा शुक्रबार राति पुलिस र बदमाशबीच भएको भिडन्तडमा एक लाख रुपियाँ इनाम घोषित बदमाश मारिएको छ। घटनामा एक पुलिस अधिकारी एक सिपाही घाइते भएका छन्। यस क्रममा बदमाशको एक साथी भाग्न सफल भएको र उसको खोजी भइरहेको पुलिसले जनाएको छ।
एसपी देहात आदित्य बंशलका अनुसार, बुढ़ाना थाना र शाहपुर थाना पुलिसले बिहीबार राति परसौली नहर किनारमा चेकिङ गरिरहेका थिए। सो क्रममा मोटरसाइकलमा सवार दुई युवकलाई रोक्न खोज्दा उनीहरू भागे। पुलिसले जौला नहर पुल नजिकै पुरानो इँटा भट्टाको वरिपरि घेराबन्दी गर्यो। बदमाशहरूले पुलिसमाथि गोली चलाए, जसमा गढी सखावत चौकीप्रभारी ललित कसाना र शाहपुर थानामा तैनाथ अलीम घाइते भए।
पुलिसले जवाफी कारबाही गर्दा एक बदमाश गोली लागी घाइते भयो भने उसको साथी अँध्यारोको मौका छोपी भाग्न सफल भयो। घाइते बदमाशलाई अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषणा गरे।
घटनास्थलको निरीक्षण गर्न पुगेका एसएसपी संजय कुमारले जानकारी दिँदै भने, पुलिस एनकाउन्टरमा मरेको बदमाशको पहिचान शामली जिल्लाको थाना भवन क्षेत्र, गाउँ सोंटा रसुलपुर निवासी ३० वर्षीय महताबको रूपमा भएको छ। उसका विरुद्ध लुटपाट, डकैती, अपहरण, प्राणघातक आक्रमण लगायतका करिब १८ भन्दा बढी मुद्दा दर्ता थिए। उसमाथि एक लाख रुपियाँ इनाम तोकिएको थियो।
पुलिसले घटनास्थलबाट ३२ बोरको रिभल्भर, ९ एमएमको पेस्तोल, कारतूस, मोटरसाइकल, तीन तोला सुन र एक किलो चाँदी बरामद गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल