- मिरिक भएर सिलगढ़ी झर्ने दुधेमा रहेको स्टिल ब्रिज भत्कियो
मिरिक, 5 अक्टूबर (हि.स.)। शनिबार रातभरि परेकाे भारी वर्षाले मिरिक क्षेत्रमा ठूलो विनाश गरेको छ। मिरिकका विभिन्न ठाँउमा गएको पैह्राेको चपेटामा परेर लगभग 12 जनाले ज्यान गुमाएको जानकारी प्राप्त भएको छ। यद्यपि, अहिलेसम्म मृतकहरूको आंकडाको आधिकारिक पुष्टि भने हुन सकेको छैन। साथै, पैह्रोको चपेटमा परेर धेरैजना घाइते बनेका छन्।
पैह्राेमा ज्यान गुमाउनेहरूकाे पार्थिव शरीरलाई मिरिक सरकारी अस्पतालमा लगिएको छ। पैह्रोमा ज्यान गुमाउनेहरुको पार्थिव शरीरकाे पाेष्टमोर्टम मिरिक अस्पतालमा नै गरिने व्यवस्था जीटीए स्वास्थ्य विभागले गरेकाे विभागीय कार्यकारी सभासद अरूण सिंग्चीले बताएका छन्। पैह्राेकाे कारण मिरिक, दार्जिलिङ अनि सिलगढी मार्ग ठप्प बनेकाे छ।
हाल विभिन्न क्षेत्रमा राहत अनि उद्धार कार्य चलिरहेकाे छ भने मृतकहरूकाे संख्या अझ बढ्न सक्ने अनुमान गरिएकाे छ। रातभरि परेको पानीले मिरिकमा अध्याधिक क्षति गरेको छ। सिलगढीदेखि दुधे हुँदै मिरिक जाने रोडमा बालासन नदीमाथि निर्मित स्टिल ब्रिज पनि नदीको चपेटमा परेर बीचैमा भाँचिएको छ भने यातायात बन्द भएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक