हत्याको मामिलामा भगौड़ा आरोपी पक्राउ
हत्याको मामिलामा भगौड़ा आरोपी पक्राउ


नयाँ दिल्ली, 5 अक्टोबर (हि.स.)। दिल्ली पुलिसको स्पेशल सेल (सदर्न रेञ्ज)- ले कुख्यात अपराधी कपिल सांगवान उपनाम नन्दु गिरोहका एकजना सदस्यलाई पक्राउ गरेको छ जसको पहिचान निहाल विहार निवासी हरिश सैनी उपनाम हिदेश उपनाम लकीको रूपमा भएको छ। पुलिसले उसको कब्जाबाट एउटा सिंगल शर्ट पेस्तोल र दुई वटा जिउँदो कारतूस जफत गरेको छ।

स्पेशल सेल (सदर्न रेञ्ज)का पुलिस उपायुक्त आलाप पटेलले आइतवार बताए, आरोपी हरियाणाको झज्जर जिल्लास्थित लाइपुर गाउँमा भएको सन्दीप उपनाम बबलूको हत्याको मामिलामा भागेको थियो।

पुलिस उपायुक्तले बताए, स्पेशल सेलको टीमले गुप्त सूचनाको आधारमा निहाललाई विहारस्थित ठेगानाहरूमा छापा मारेर पक्राउ गरेको हो।

पुलिस जाँचमा थाहा लागे अनुसार, 17 जुलाई, 2025-मा लाइपुर गाउँमा दुईजना उपद्रहीहरूले सन्दीप उपनाम बबलूको गोली दागी हत्या गरिदिएका थिए। जाँचमा पत्तो लाग्यो, हरिश सैनीले कपिल सागवानको इशारामा यो हत्या गरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande