नयाँ दिल्ली, 5 अक्टोबर (हि.स.)। उत्तर-पश्चिम जिल्ला पुलिसको डीआईयू टीमले नक्कली ‘फ्लीटगार्ड फिल्टर’ बनाउने-बेच्ने गिरोहको भण्डाफोर गर्दै दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। पुलिसले घटनास्थलबाट 1,698 नक्कली फिल्टर जफत गऱ्यो जुन 130 वटा डब्बामा प्याक गरिएको थियो। आरोपीहरूले आफूलाई कम्पनीको अधिकृत डिस्ट्रीब्यूटर बताएर बजारमा धोकाधड़ी गरिरहेका थिए। आरोपीहरूको पहिचान अशोक विहार निवासी दिनेश गुप्ता (64) अनि शालीमार बाग निवासी राजेश गुप्ताको रूपमा भएको छ। दुवैविरूद्ध ट्रेड मार्क एक्टको धारा 103/104 अन्तर्गत थाना भारत नगरमा मामिला दर्ता गरिएको छ।
उत्तर-पश्चिम जिल्लाका पुलिस उपायुक्त भीष्म सिंहले आइतवार बताए,सिकायतकर्ता यशपाल सापराबाट सिकायत प्राप्त भएको थियो। सिकायतमा बताइयो, बजारमा नक्कली ‘फ्लीटगार्ड फिल्टर’ बेचिँदैछ।
सिकायतपछि एसीपी अजय कुमार सिंहको निगरानीमा पुलिस टीमले मामिलाको जाँच शुरू गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा