खरसाङको दिलराम र हुसेल खोलामा पैह्रोले राष्ट्रिय राजमार्ग 110 बाधित, रोड खोलाउने कार्य जारी
Dilaram-landslide


खरसाङ, 5 अक्टूबर (हि.स.)। रातभरि परेको पानीले दार्जिलिङदेखि सिलगढी जाने राष्ट्रिय राजमार्ग 110 बन्द भएको छ। राष्ट्रिय राजमार्ग 110 अन्तर्गत दिलराममा पैह्रो गएपछि यातायात बन्द भएको हो। यो पैह्रो खोलाउन लगातार कार्य भइरहेको जानकारी प्राप्त भएको छ।

यसका साथै, खरसाङको हुसेल खोलामा पनि पैह्रोले रोड बिहान बन्द भएको थियो भने अहिले पैह्रो सफा गरेर रोड सुचारु गरिएको छ। दिलराम र खरसाङको हुसेल खोलामा गएको पैह्रोले गर्दा ट्राफिक डाइभर्ट गरिएको जानकारी प्राप्त भएको छ।‌ गाडीहरु बागौडा भएर चिमनी देवराली भएर साथै खरसाङको हनुमान डाँडा भएर राष्ट्रिय राजमार्ग 110 हुँदै कुदिरहेको खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले बताएका छन्।

उनले बताए अनुसार, खरसाङको हुसेल खोला र रोहिणी रोडमा गएको पैह्रो क्षेत्रमा ट्राफिक पुलिसद्वारा ब्यारिकेेड लगाइएको छ र पैह्रोमा ट्राफिक पुलिस खटाइएको छ। उनले बिहान 6 बजीदेखि ट्राफिक पुलिस पैह्रो क्षेत्रमा खटिरहेको जानकारी गराएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande