प्रधानमन्त्री मोदीले दार्जिलिङमा भएका मृत्युप्रति दुःख व्यक्त गरे
PM Modi inaugurates Semicon India 2025 at Yashoobhoomi ,New Delhi on September 2,2025.


नयाँ दिल्ली, ५ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले दार्जिलिङमा भएको जनहानिको घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले आज एक्समा लेखे, “दार्जिलिङमा पुल दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख छ। जसले आफ्ना प्रियजन गुमाए, तिनीहरूप्रति मेरो समवेदना। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”

प्रधानमन्त्रीले थप भने, 'भारी वर्षा र भूक्षयका कारण दार्जिलिङ र वरपरका क्षेत्रमा उत्पन्न अवस्थामाथि नजिकबाट निगरानी राखिएको छ। उनले प्रभावित जनतालाई आवश्यक सबै सहयोग उपलब्ध गराइने आश्वासन पनि दिएका छन्।'

उल्लेखनीय छ, उत्तर बंगालमा लगातार परिरहेको मुसलधारे वर्षाले जनजीवन प्रभावित बनाएको छ। दार्जिलिङ जिल्लामा पैह्रोले कैयौंको मृत्यु भएको। मिरिक क्षेत्रमा पैह्रोका कारण मानिसहरूको ज्यान गएको छ।

दुर्घटनापछि दार्जिलिङ जिल्ला पुलिस र आपदा व्यवस्थापन टोली राहत तथा उद्धार कार्यमा सक्रिय छन्। यसैबीच, कालेबुङ क्षेत्रमा पनि स्थिति गम्भीर रहेको जनाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande