सोनादा क्षेत्रमा पैह्रोले एक महिलाको मृत्यु
Sonada landslide


सोनादा, 5 अक्टूबर (हि.स.)। रातभरि परेको अविरल वर्षाका कारणले सोनादादेखि केही तल फूलबारी होप टाउनमा पैह्रोले 8 वटा घरहरुलाई क्षति गरेको छ। यस पैह्रोमा एक महिलाको मृत्यु भएको छ।‌ मृत्यु हुने महिलाको नाम 66 वर्षीय पुरुस्ता सुब्बा रहेको बताइएको छ।

यो पैह्रोले यस क्षेत्रको शिशु शिक्षा केन्द्र, समाज घरलाई पनि क्षति पुर्याएको जानकारी प्राप्त भएको छ।पैह्रो गएको क्षेत्रमा निरीक्षण र उद्धार कार्यको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टिका संयोजक सुकदेव राई पुगेको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande