-स्वरूप रानी नेहरू अस्पताल प्रयागराजमा जटिल सर्जरी सफल
प्रयागराज, 05 अक्टोबर (हि.स.)।. स्वरूप रानी नेहरू अस्पतालका डाक्टरहरूले एउटा ठूलो चिकित्सकीय उपलब्धि दर्ता गरेका छन्। चिकित्सकहरूको टीमले 20 वर्षीय युवकको खुट्टाको हड्डीबाट (डीबिया बोन) लगभग 15 सेन्टीमीटर लामो तथा 2 किलो वजन भएको ट्यूमरलाई सफलतापूर्वक निकाल्यो। यो ट्यूमर अस्टियोकोकाण्ड्रोमा नामक बिमारीको कारणले विकसित भएको थियो।
सो जानकारी गराउँदै आइतवार मोतीलाल नेहरू अस्पतालका मीडिया प्रभारी एवं आचार्य डा. सन्तोष सिंहले बताए, यो अहिलेसम्मकै डीबिया बोनको सबैभन्दा ठूलो मामिला हुनसक्ने मानिएकोछ।
यस सर्जरीको नेतृत्व वरिष्ठ आर्थोपेडिक सर्जन डा. मनीष शुक्लाले गरेका थिए। लगभग दुई घण्टासम्म चलेको यस अपरेशनमा डाक्टरहरूको टीमले अत्यन्त होशियारी पूर्वक हड्डीबाट ट्यूमरलाई निकाल्यो। ट्यूमर नसा तथा मांशपेशीहरूको अत्यन्त नजिकमा थियो जसबाट नसाहरूलाई क्षतिपुग्ने गम्भीर खतरा थियो। तर टीमले यसमा सफलता हासिल गरेको छ।
डा. मनीष शुक्लाले बताए, यो अपरेशन धेरै जटिल थियो, किनभने ट्यूमर नसा र मांसपेशीहरूको नजिकमा थियो र नसाहरू पूर्ण रूपले क्षतिग्रस्त हुने खतरा थियो। तथापि अपरेशन सफल भयो अनि रोगीको अवस्था स्थिर छ। सुनिल नामक रोगी अप केही दिनभित्रै हिँड़्न सक्षम हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा