नीटको तयारी गरिरहेकी छात्रा छैटौं तलाबाट झरिन्, अवस्था नाजुक
कोटा, 5 अक्टोबर (हि.स.)। शिक्षा नगरी कोटामा फेरि एकपटक दुःखदायी घटना घटेको छ। बोरखेड़ा थाना क्षेत्रस्थित रोयल होस्टेलको छैटौं तलाबाट गत शुक्रवार राती एकजना छात्रा तल झरिन्। छात्राको पहिचान प्राची चौधरी (19), बुलन्द शहर, उत्तरप्रदेशको रूपमा गरिएको छ जसले पछिल्लो दुई वर्षदेखिकै कोटामा बसेर नीटको तयारी गरिरहेकी छन्।
हेस्टेल इञ्चार्ज अमरप्रीत सिंहले बताए, राती अचानक छात्रा तल झरिन्। गम्भीर अवस्थामा पहिला उसलाई मेडिकल कलेज एवं हस्पिटलमा लगियो जहाँ प्राथमिक उपचार गरिएपछि एक प्राइभेट हस्पिटलमा भर्ती गराइयो।
बोरखेड़ा थाना अधिकारी देवेश भारद्वाज अनुसार प्रारम्भिक जाँचमा यो मामिला सिँढ़ीबाट चिप्लिेर झरेको हुनसक्छ। तथापि पुलिसले हरेक पाटोको गहिराई पूर्वक जाँच गरिरहेको छ। परिवारलाई सूचना दिएको छ। हाल छात्राको अवस्था नाजुक छ। पुलिसले घटनास्थलको निरीक्षण गरी प्रमाण जुटाएको छ। सो घटनापछि होस्टेलमा बस्ने अन्य छात्राहरू पनि डराएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा