मन्दिर जाँदै गरेका भक्तजनलाई निजी बसले ठक्कर दिँदा ३ जनाको मृत्यु, ४ घाइते
मन्दिर जाँदै गरेका भक्तजनलाई निजी बसले ठक्कर दिँदा ३ जनाको मृत्यु, ४ घाइते


कोप्पल (कर्नाटक), ७ अक्टोबर (ह.सं.)। कर्नाटकको कोप्पल जिल्लामा राष्ट्रिय राजमार्ग–५० अन्तर्गत कुकनपल्ली गाउँ नजिक हुलिगेम्मा मन्दिर जाँदै गरेका भक्तजनहरूलाई एक निजी बसले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

मृतकहरूको पहिचान अन्नपूर्णा (४०), प्रकाश (२५) र शरणप्पा (१९) का रूपमा भएको छ। दुर्घटनामा घाइते भएका चारै जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

यी सबै जनाहरू सिंदगीबाट बेङलुरु जाँदै गरेको एक निजी बसको चपेटामा परेका थिए। भक्तजनहरू रोना तालुकाको तारिहाला गाउँका बासिन्दा हुन् र शनिबार कोप्पल तालुकास्थित हुलिगी गाउँको हुलिगेम्मा मन्दिरतर्फ पैदल यात्रा गर्दै थिए।

जिल्ला पुलिस अधीक्षक डा. राम अरासिद्दीले घटनास्थलमा पुगेर निरीक्षण गरेका छन्। मुनिराबाद पुलिस चौकीमा घटना दर्ता गरिएको छ र निजी बस चालकलाई पक्राउ गरिएको पुलिसले जनाएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande