देहरादून, ७ अक्टोबर (हि.स.)। उत्तराखण्डमा लगातार वर्षा जारी छ। बद्रीनाथ, केदारनाथ, गंगोत्री, यमुनोत्री र हेमकुण्ड साहिब क्षेत्रमा हिमपात भएपछि पहाडमा चिसो बढेको छ। मैदानी जिल्लाहरूमा पनि वर्षासँगै चिसोको सुरुआत भएको छ। मौसम विभागले आज राज्यका अधिकांश जिल्लामा वर्षाको चेतावनी जारी गरेको छ।
सोमबार बिहानदेखि राज्यका विभिन्न स्थानहरूमा अविरल रूपमा वर्षा भइरहेको छ। केदारनाथ, बद्रीनाथ, गंगोत्री, यमुनोत्री र हेमकुण्ड साहिब जस्ता उच्च स्थानहरूमा परेको हिमपातले मौसम निकै चिसो बनेको छ। गंगोत्री–यमुनोत्री धाम वरपरका हिमशृङ्खलाहरू पूर्ण रूपमा हिउँले ढाकिएका छन्।
हिमपातपछि धामहरूमा चिसो झन् बढेको छ। देश–विदेशबाट आएका तीर्थयात्रीहरूले हिमपातको आनन्द लिइरहेका छन्। हिमपातका कारण हेलिकप्टर सेवाहरू प्रभावित भएका छन्। यात्रुहरूलाई चिसोबाट राहत दिलाउन अलाव (अग्निकुण्ड) को व्यवस्था गरिएको छ। साथै तीर्थमार्गमा स्वास्थ्य सेवा उपलब्ध गराइएको छ, ताकि यात्रुहरूलाई चिकित्सकीय समस्या नहोस्।
मौसम विभागका अनुसार, राज्यका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र गर्जनसहितको बर्षा हुने सम्भावना छ। ३५०० मिटर वा सोभन्दा माथिका क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ। विशेष गरी पिथौरागढ, बागेश्वर, उत्तरकाशी, रुद्रप्रयाग र चमोली जिल्लामा कतैकतै भारी वर्षा र हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी